सरकारसँग जागिर माग्दै चार महिनादेखि ट्यांकीमै बास

एजेन्सी ।  विगत १२० दिनदेखि शिखा पल लखनउको निसातगन्ज क्षेत्रस्थित शिक्षा निर्देशनालयको पानी ट्यांकीमाथि बसिरहेकी छिन् । नयाँ रेकर्ड तोड्ने उनको लक्ष्य छैन् । केबल विरोध प्रदर्शनका लागि उनी त्यहाँ बसेकी हुन् । 
 
सरकारले हालै ६९ हजार शिक्षक नियुक्तिका लागि आवदेन खुलाएको थियो । अधिकांश पदमा पूर्ति भए पनि विविध कारण २२ हजार सीट अझै रिक्त छ । सोही रिक्त पदमध्ये एउटा सीटमा आफूलाई नियुक्त गरियोस् भन्दै उनले अनौठो ढंगले विरोध प्रदर्शन गरिरहेकी छिन् । 

शिखाले लखनउ विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । तर, पनि उनी वेरोजगार छिन् । पुसको यो चिसो मौसममा पानी ट्यांकीमाथि बसेरै समय व्यतित गरेकी छिन् ।  

‘वासरुममा जानबाहेक म ट्यांकीबाट तल झर्दिन,’ उनी भन्छिन् । आफन्तहरुले उनलाई एउटा डोरीमा झुन्ड्याएर खानेकुरा र अन्य अत्यावश्यक समाग्री दिन्छन् । ’ आफू सरकारी विद्यालयमा प्राथमिक तहमा समेत पढाउन इच्छुक रहेको उनको भनाई छ । ‘१२० दिन बित्दा पनि मेरो माग सम्बोधन गर्न सरकार सकरात्मक भएन,’ उनी भन्छिन् । 

शिखासँगै आफूहरुलाई पनि रोजगारीका अवसर उपलब्ध गराउनु पर्ने माग गर्दै अन्य प्रदर्शनकारीहरुले पनि विरोध गरेका छन् । उनीहरुले भने दिउँसो मात्र निश्चि समयमा शिक्षा निर्देशानलय अगाडि धर्ना दिँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.