नेपाली महिला भलिबल टोली विजयी 

काठमाडौं । नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा स्थान बनाएको छ । 

बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा नेपालले समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा सोमबार कीर्गिस्तानलाई २५–८ २५–१५, २५–१७ को सेटमा हराएको हो । 

यससँगै नेपालले अब प्रतियोगिताको उपाधिका लागि मंगलबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ । उज्वेकिस्तानले आजै सम्पन्न खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.