सुर्खेत । जुम्लामा एक जनाको शव फेला परेको छ।
जुम्ला जिल्लाको चन्दननाथ नगरापलिका-१ कुलालवाडामा सोही ठाउँका ५६ वर्षीय सेतो कुलालको शव फेला परेको हो।
निर्माणाधीन एमाले जिल्ला पार्टी कार्यालयको जग हालेको ठाउँ नजिकै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए।
उनी सोही ठाउँमा रहेको ओडारमा लामो समयदेखि बस्दै आएका थिए। उनका एक छोरी र श्रीमतिले छोडेपछि ओडारमा बस्दै आएका हुन्।
मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।