रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । रौतहटको गरुडा नगरपालिका- १को जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना भएको छ । 

जिल्ला प्रहरीका डिएसपी सुनील मल्लका अनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मृतकको सनाखत हुन सकेको छैन ।  

गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ । 

तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.