एमाले सांसदले सभामुखको टाउकोमै माइक हान्छु भनेपछि ओलीले गराए सचेत
सभामुखलाई माइक हान्ने योजना थियो भन्ने होइन : ओली


काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामा संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।प्रतिनिधिसभा बैठकअघि आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संयमित भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

ओलीले सभामुखको टाउकोमा हान्न माइक तानेकी थिएँ भन्ने एमाले सांसद रेखाकुमारी झाको अभिव्यक्तिमा पनि सचेत गराए ।हाम्रो संसदीय मर्यादा तोकिएका छन् । वेलमा जाने भन्दा दायाँबायाँ गर्नुहुन्न । वेलमा नारा लगाउँछौं । सामान्य अवस्था भयो भने विस्तारै नारा लगाउने । सत्ता पक्ष एग्रेसिभ भए जोरले नारा लगाउँछौं । उनले भने, सभामुखलाई माइक हान्ने योजना थियो भन्ने होइन । त्यस्तो हामीले गर्ने होइन । जिम्मेवारीपूर्वक बोल्ने व्यवहार गर्ने हो ।

ओलीले संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । केहीबेरमा प्रतिनिधिसभा बैठक सुरु हुँदैछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.