नेपालले किन दिए देउवालाई यस्तो सुझाव

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अरु सरकारभन्दा भिन्न हुन आग्रह गरेका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रमलाई संबोधन गर्दै उनले सो बताएका हुन् । 

यद्यपि उनले देउवालाई यी-यी कुरा पहिलेको जस्तो भएको छ भनी खुलाएनन् । 

साथै उनले दलाल पुँजीको दबदबा बढिरहेको बताउँदै देशमा मिहिनेत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको बताउँदै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए । 

यद्यपि उनको यो भनाइ कोप्रति भनी स्पष्ट थिएन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.