ओखलढुंगा । मोनभञ्ज्याङ गाउँपालिका - ६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको छ। आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका १ मोलीबाट काठमाडौंका लागि छुटेको बा ११ च ५२१० नम्बरको स्कारपियो सुमो दुर्घटनामा परेको डिएसपी काफ्लेले जानकारी दिए ।
डिएसपी काफ्लेसहितकोे टोली घटनास्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।