काठमाडौं । सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उप-महानगरपालिका-१२ खनारका ३४ वर्षीय काउ भनिने शुशील शाह हुन्।
शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियारसहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
शाहले पेस्तोल लिई हिडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राति साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो ।