काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनका प्रतिनिधिले अध्यक्ष प्रचण्डलाई अमेरिकाको आलोचनाबारे थप स्पष्ट पार्न माग गरेका छन् ।
अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन र छलफलपश्चात् सुझाव दिने क्रममा अध्यक्ष प्रचण्डसँग प्रतिनिधिले सो माग गरेका हुन् ।
यही क्रममा गोम्बु शेर्पा र पद्मबहादुर राईले प्रचण्डको प्रतिवेदमाथि असन्तुष्टि प्रकट गरेका छन् । बाँकी उनीहरुकै शब्दामा ।
गोम्बु शेर्पा
प्रतिवेदनमा हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीतिअन्तर्गत पश्चिमा पुँजीवादले आफ्नो गतिविधि बढाएको भनिएको छ ।
यसको चिन्ता हामीलाई मात्रै हो कि चीनलाई पनि हो यो प्रष्ट हुनुपर्यो ।
चीन अमेरिकासँगै मिलेको पनि हुनसक्छ । चीन नबोलेको विषयमा हामीले किन आलोचना गर्ने । भारतबारे प्रतिवेदनमा किन केही उल्लेख गरिएन ?
पूर्वमन्त्री पदमबहादुर राई
श्रमको सम्मान गर्नुपर्ने संस्कृतिको विकास गर्न, युद्धकालीन मुद्दाको समस्या समाधान गर्न र घाइते तथा अपांगको माग संबोधन होस् ।एमसिसी खारेज गर्नुपर्छ ।