माओवादीमा सबै समूहको सुझाव पेसपछि नयाँ नेतृत्व चयन हुने  

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा जारी छ ।   आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।

बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र पुनःसञ्चालन हुनेछ । महाधिवेशन बिहीबार समापन गर्ने योजना रहेपनि बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले शुक्रबारमात्र समापन गर्ने माओवादीको तयारी छ ।

स्रोतका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.