विधिको शासन कार्यान्वयनमा आउन नसक्नुको कारण के ?

लोकतन्त्रका विभिन्न आयमहरुमध्ये विधिको शासन एक हो ।

विधिको शासन भन्नाले शासन सञ्चालनका लागि स्थापना भएका जुन निकायले जे काम गर्ने हो त्यही-त्यही काम भएको अवस्था हो ।

परम्परागत राजतन्त्रको विकल्पमा गणतन्त्र स्थापना भएको दशक नाघिसकेको छ। 
विधिको शासन कार्यान्वयनकै लागि मूल कानुन बनाउन दुई/दुई पटक संविधानसभाको चुनाव गराइ आठ वर्ष लगाएर लेखिएको संविधान यतिखेर कार्यान्वयन चरणमा छ ।

तर, पहिलो गाँसमै ढुंगा भनेझै निर्वचन भएको संसदले एक कार्यकाल व्यतित गर्न नपाउँदै प्रधानमन्त्री रहने व्यवस्था रहेको धारा ७६का विभिन्न उपधारा र प्रतिनिधिसभाको कार्यवधि कति भनी धारा ८५ लाई फरक-फरक राजनीतिक दलले आ-आफ्नै किसिमले व्याख्या गर्दा विधिको शासनप्रति प्रश्न उठेको छ । 

यही धारा ७६ बमोजिम प्रधानमन्त्री को बन्ने भन्ने बहसले कार्यकारिणी प्रतिपादन गरेको छ । जुन सरकारलाई मुख्य प्रतिपक्षी नेकपा एमालेले परमादेशको सरकार, जस्केलाबाट बनेको सरकारजस्ता आरोप लगाइरहेको छ । 
यद्यपि यतिधेरै आरोप लगाउँदा लगाउँदै पनि उसले विधिको शासन आफूले मान्ने बताउँदै आएको छ । 

जसका कारण एक किसिमको राजनीतिक संकीर्णता कायमै छ ।  गठबन्धनबाट बनेको सरकारले नतिजामूलक काम गर्न सकिरहेको छैन ।

विधिको शासनसँगै जोडिएर पछिल्लो समय स्थानीय तहलाई लिएर बहस सतहमा आएको छ । संविधानमा रहेका व्यवस्थालाई आ-आफ्नै किसिमले व्याख्या हुन थालेका छन् ।

sambidhan 2.jpg

यही धारालाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमलेले आफूअनुकुल व्याख्या गर्दैछन् । त्यसैगरी, २०७४ सालमा स्थानीय तहको निर्वाचन वैशाखदेखि असोज सम्म भएको थियो ।

यी तीनवटा निर्वाचनमध्ये कुनलाई आधार मानी पाँच वर्ष मान्ने भन्ने विषय पनि राजनीतिक दलका लागि अफूअनुकुल व्याख्या गर्न मसला बनेको छ ।

चुनाव गर्ने वा नगर्ने भन्ने विषय मुख्यतया सत्तारुढ दलको हातमा रहेको छ।

तर, सत्तामा रहेका राजनीतिक दल चुनाव गर्नभन्दा पनि चुनाव सार्न र सकभर सोबाट वञ्चित हुन खोजिरहेको छ । तर, प्रतिपक्षी दल भने चुनावको माग गरिरहेको छ।

शासन सत्ता कस्तो हुने र कार्यान्वयन शासन पद्धतिबारे मुख्यता राजनीतिक दलको हातमा हुने गरेको छ ।

त्यसमा नेपालजस्तो अस्थिर राजनीतिक संस्कार भएको मुलकमा त्यसको प्रभाव अझ बढी पर्छ ।

नेपाली राजनीतिक दलको संस्कारले लोकतन्त्रका मूल्य मान्यता कार्यान्वयन गर्ने भन्ने भन्दा पनि भएका मूल्य मान्यतालाई कसरी उल्लंघन गर्ने भन्नेमा तल्लीन रहेको विगतका घटनाले देखाइसकेका छन् ।

योसँगै राजनीतिक मूल्य मान्यता र क्रियाकलापलाई हेर्ने हो भने विधिको शासन कसले र कसरी अघि बढ्ला भनी प्रश्न उठेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.