‘मुख्यमन्त्री राउतले पदबाट राजीनामा दिनुपर्छ’

काठमाडौं । प्रदेश २ का प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले राजीनाममा दिनुपर्ने बताएका छन् । 

बिहीबार ‘साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताउँदै सोनलले यस्तो बताएका हुन् । सोनलले भने, ‘साइकल खरिदमा मुख्यमन्त्रीलाई लागेको दाग धुन मार्गप्रशस्त गर्नुपर्छ । सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिनुपर्छ ।’

मुख्यमन्त्री राउतका कारण युस्तो अवस्था आएको उनको भनाइ छ । 

तर, मुख्यमन्त्री राउतले प्रदेश सरकार प्रदेशको सिंहदरबार भएको बताउँदै सोध्दै नसोधी किन छापा मारेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 

प्रदेश सिंहदरबारलाई नसोधी किन छापा मारियो : मुख्यमन्त्री राउत

© 2021 Quicknepal.com  |  All Rights Reserved.