दलाई लामाको उत्तराधिकारी आफनो देशका ब्यक्ति चयन हुनुपर्ने चीनको भनाई

अरुणाञ्चल। तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एकपटक मुख फोरेको छ ।

शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने बताएको छ ।

चीन सरकारले श्वेतपत्रमा दलाई लामा र पञ्चेन रिन्पोछेलगायत तिब्बतमा बस्ने सबै अवतारी बुद्धले चीनको सीमाभित्रबाट उत्तराधिकारी खोज्नुपर्ने बताएको हो। परम्पराअनुसार सुनको कलशबाट चिठ्ठा निकालेर निर्णय लिइने र यसअघि चिनियाँ सरकारको अनुमति अनिवार्य गर्नु पर्नेछ ।

चीनले आफ्नो श्वेतपत्रमा भारतको सिमानामा निर्माण भएका पूर्वाधारलाई उल्लेख गर्दै नेपाल हुँदै रेल र सडक सञ्जालसँगै तिब्बत दक्षिण एसियाको प्रवेशद्वार बन्न लागेको बताएको छ । चीनले तिब्बत भनेको भारतको अरुणाचल प्रदेश हो। चीनले तिब्बतलाई शिजाङ भन्छ।

तिब्बती धर्मगुरु दलाई लामालाई पनि चीनले आफ्नै तहबाट निर्वाचित गरेको हो । यद्यपि, बौद्ध सम्प्रदायमा उनको स्वीकृति व्यापक छैन। हालको पञ्चेन लामाले तिब्बतमा व्यापक स्वीकृति पाएका छैनन्। उहाँ नम्बर–२ आध्यात्मिक नेता हुनुहुन्छ, जसलाई चीनले दलाई लामाको मनोनीत उत्तराधिकारीलाई हटाएर नियुक्त गरेको थियो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.