बल्खु क्षेत्रमा युवासंघको र्‍याली

काठमाडौं- नेकपा एमाले निकट युवासंघले बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा मोटरसाककल र्‍याली गरेको छ ।नेपालको झन्डा मोटरसाइकलको पछाडि फहराउँदै युवासंघमा आवद्ध युवाहरू तीनकुनेबाट बल्खु पुगेका हुन् ।सो क्षेत्रमा नेपाल प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन  पनि आज बल्खु केन्द्रित नै छ।वयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवासंघकोमा करिब ७० जना सहभागी छन्।

दुवै समूहकाे प्रदर्शन एकै दिन परेपछि सुरक्षा व्यवस्था कडा पारिएकाे छ। दुवै समूहबीच झडप हुनसक्ने आकलन गर्दै काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे हाे।

सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।आजकाे सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएकाे छ। आवश्यक परे थप जनशक्ति तयारी अवस्थामा रहेका छन्।काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गरिएकाे छ। चोक-चोकमा हतियारसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.