पोखरामा आजदेखि सुरु हुँदै टी-२० क्रिकेट, विजेतालाई ५ लाख

काठमाडौं- गण्डकी प्रदेशको राजधानी पोखरामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबारबाट ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिताको आयोजना गर्दै छ। १५ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबीच बिहान ११ बजे खेल हुने छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्दा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्। त्यसैगरी, उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले बताएको छ।त्यस्तै, प्रतियोगितामा विधागत रूपमा विजेतालाई समेत नगद पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार प्राप्त गर्दा ‘बेस्ट बलर’ ले नगद २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउने छन्।प्रतियोगिताको अनुमानित लागत ७५ लाख रहेको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.