वाल्मीकि फेस्ट यस वर्ष पनि सुरु हुने

काठमाडौं प्रत्येक वर्ष सुरु हुने वाल्मीकि फेष्ट यस वर्ष पनि सुरु हुने भएको छ ।युवा तथा बालबालिकाहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले वाल्मीकि फेस्ट २०८० आयोजना सुरु गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।

वाल्मीकि शिक्षा सदनको २६ औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो ।कार्यक्रम चितवनको भरतपुरस्थित वाल्मीकि शिक्षा सदनको भवनमा मंसिर २६ र २७ गते दुई दिन चल्ने संयोजक दिपिका घिमिरेले जानकारी दिइन् ।वाल्मीकि शिक्षा सदनले मंसिर २९ गते २६ औं वार्षिकोत्सव समारोह मनाउँदै छ ।  त्यसैको छेकोमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताकी संयोजक घिमिरेले बताएकी छन् ।

उत्त कार्यक्रमलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनले प्रायोजन गरेको छ ।

घिमिरेका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि म‌ंसि २२ गते सम्म साँझ ५ बजेभित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ ।प्रतियोगिताको विजेता टोलीलाई रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, प्रदान गरिने छ ।कार्यक्रममा हाजिरजवाफ, वादविवाद, वक्तत्वकला, हस्तलेखन (अंग्रेजी/नेपाली), चित्रकला, श्रुतिलेखन, निबन्ध लेखन, गीतगाउने, नृत्य, नाटक, कविता लेखन र वाचन रहेन छन् ।

‘वाल्मीकि फेस्ट-२०७८ र वाल्मीकि फेस्ट-२०७९’ दुवै कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.