‘फर्फी फर्की’को छायाङ्कन पोखराको लेकसाइटबाट सुरु

काठमाडौँ । गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ–मुहूर्त भएको फिल्म   ‘फर्फी फर्की’को छायाङ्कन पोखराको लेकसाइटबाट सुरु भएको छ ।
  फिल्मका लागि पहिलो सट अभिनेता अनमोल केसीले दिएका छन् । फिल्ममा मुख्य भुमिकामा रहेका अनमोल केसी र जसिता गुरुङ पहिलो पटक एकसाथ  फर्फी फर्की मार्फत  देखिदै छन् । फिल्ममा अनमोल केसी,जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकारद्वय रवि काफ्ले, समृद्धि अर्याल, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । 

प्रेमकथामा बन्न लागेको फिल्म  रोहित अधिकारीको निर्माणमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.