नागढुंगाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा झापा बुधबारे गाउँपालिका–५ घर भएका ३० वर्षीय सन्तोष तिवारी र बुधवारे गाउँपालिका–३ घर भएका ३९ वर्षीय हरिबहादुर विक छन् ।

आरोपीहरूको साथबाट करिब ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए । भद्रपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा।प्र ०२–०३–००१ख ५५५० नम्बरको बस चेकजाँच गर्दा आरोपीहरूको साथमा लागु औषध भेटिएको हो । उनीहरुले अन्डरवेयरभित्र ३ वटा पोकामा खैरो हेरोइन लुकाएर ल्याएका हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.