रणवीरलाई साउदी अरबमा सम्मान गरिने

काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह साउदी अरबमा सम्मानित हुने भएका छन् । साउदी अरबमा ३० नेभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजना हुने ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिवल’ मा उनलाई सम्मान दिन लागिएको हो ।

फेस्टिबलमा स्वदेशी तथा विदेशी फिल्ममेकर तथा सेलिब्रेटीलाई सम्मान गरिनेछ । कार्यक्रममा रणवीरको अलवा जर्मन अभिनेत्री  डायने क्रुगर र साउदी लेखक तथा अभिनेता अब्दुल्ला अल सधान पनि सहभागी हुनेछन् । दुबैलाई समेत सम्मान गरिनेछ ।

रणवीर पछिल्लो समय रोहिट शेट्टीको फिल्म ‘सिंघम अगेन’ को छायाङ्कनमा व्यस्त छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । यसको अलवा फरहान अख्तरको फिल्म ‘डन ३’ मा पनि देखिनेछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.