दयाहाङलाई मुख्य भूमिकामा लिएर फिल्म ‘दुखी आत्मा’ बनाउँदै दीपेन्द्र

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाले दयाहाङलाई मुख्य भूमिकामा लिएर फिल्म ‘दुखी आत्मा’ बनाउने भएका छन । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया उक्त फिल्मको निर्माता रहेका छन् । 

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन, निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ–२’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । 

निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैटौँ फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरेका छन् ।

०८० को अन्त्यतिरबाट छायाङ्कन सुरु गर्ने तयारी गरेको  फिल्म  ‘दुखी आत्मा’को अभिनेत्री लगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य  भने बाँकी रहेको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.