‘एक्सन स्टार विराज भट्टद्वारा साङ्लो’ पछि ‘१२ गाउँ’ निमार्ण गर्ने घोषणा

काठमाडौ । नायक विराज भट्टले   ‘१२ गाउँ’ फिल्म निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । यो फिल्म पूर्णतया एक्सनप्रधान हुने निर्माणपक्षले बताएको छ । 

फिल्मको छायांकन मिति र को–को कलाकार हुने फाइनल गरिएको छैन । तर, वुझिएअनुसार कलाकारहरू अडिसनबाट छनोट गर्ने तयारीमा विराज छन् । 

 विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरेन । विगत डेढ दशकदेखि भोजपुरी फिल्म क्षेत्रमा  व्यस्त रहेका विराज भट्ट नेपाली फिल्म क्षेत्रमा  एक्सन स्टारको रुपमा परिचित छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.