ओटीटीमा ‘एनिमल’ ४ घण्टाको हुने, सिनेमा हलमा भने ३ घण्टा २१ मिनेटको

काठमाडौ ।  डिसेम्बर १ मा रिलिज हुन लागेको फिल्म ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा लामो फिल्म हुनेछ । ३ घण्टा २१ मिनेट लामो यो फिल्मलाई निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् । 

फिल्ममा एक्शन, इमोशन, ड्रामा र बदला सबै कुरा छ। फिल्मको ओटीटी संस्करण झनै लामो हुने भनिएको छ । सिनेमा हलको संस्करणभन्दा ३० मिनेटको विस्तारित फुटेज हुने बताइएको छ । ओटीटीमा समयको बन्देज नभएकाले दर्शकमा पनि फिल्मप्रति निकै चासो छ । यस्तो अवस्थामा निर्माताहरुले यस्तो निर्णय गरेका हुन् ।

‘एनिमल’का निर्माताले सुरुमा फिल्मलाई पूर्ण रनटाइम र दुई अन्तराल बिना सम्पादन गर्दै रिलिज गर्न लागेका थिए । तर, पछि उनीहरूलाई यो जोखिमपूर्ण लाग्यो र निर्माताहरूले फिल्मलाई सम्पादन गरे र ३ घण्टा २१ मिनेटको थिएटर संस्करणलाई अन्तिम रूप दिए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.