सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.