२०८० सालको अन्तर्दृष्टि पुरस्कार किशाेर, समीर र अच्युतलाई

काठमाडौं- २०८० सालको अन्तर्दृष्टि पुरस्कारकाे घाेषणा भएकाे छ।डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ तीन विधामा दिइँदै आइएकाे छ।देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो।अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको निर्णयका आधारमा गरिएको हो।

जसअनुसार यस वर्षकाे अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।यसैगरी, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिनेछ।यस्तै, अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिनेछ।प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रु. १० हजार छ।पुरस्कार वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.