गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक

काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ सार्वजनिक भएको छ । आर.के परियारको शब्द तथा सङ्गीत रहेको आधुनिक गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ ।आफूले धेरै माया गरेकी प्रेमीका पराइएको भएको पिडा गीतमा व्यक्त गरिएको छ ।

निकै कर्णप्रिय शैलीमा तयार गीतको भिडियो पनि बनेको छ । जसमा आरके परियार, अस्मिन दर्लामी, पुरुषाेतम भण्डारी, शिवराज थापालगायतको अभिनय छ ।चित्रा मास्कीको निर्देशन रहेको भिडियोमा विवेकको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.