होपको शतकमा वेस्ट इन्डिजद्वारा इंग्ल्यान्ड पराजित

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। कप्तान शाई होपको सानदार शतकीय इनिङमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई हराउँदै सिरिजमा १-० को अग्रता बनायो।टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३ सय २५ रन बनाएको थियो। जवाफमा ३ सय २६ रनको उच्च लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍याे।वेस्ट इन्डिजको जितमा शाई होपले ८३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको अविजित इनिङ खेले।

अन्तिम १२ बलमा जितको लागि १९ रन चाहिँदा होपले साम करणलाई तीन छक्का हान्दै एक ओभर अघि नै खेल जिताएका थिए। ओपनर एलिक एथानाजे ६५ बलमा ६६, रोमारियो शेफर्डले ४९ रन बनाउँदा ब्रेन्डन किंग ३५, केसी कार्टी १६, शिम्रन हेटमायर ३२ रन बनाएका थिए। इंग्ल्यान्डका रेहान अहमद र गुस एट्किन्सनले समान २-२ विकेट लिए।त्यसअघि एन्टिगुवामा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका ‌लागि ह्यारी ब्रुकले ७२ बलमा ७ चौका र २ छक्कासहित ७१ रन बनाउनु सर्वाधिक रह्यो।त्यस्तै, ओपनर फिलिप साल्ट ४५, विल ज्याक्स २६, ज्याक क्रली ४८, बेन डकेट २०, लियाम लिभिङस्टोन १७, साम करन ३८ र रेहान अहमद १२ रन बनाउँदा बायडन केस ३१ रनमा अविजित रहे। वेस्ट इन्डिजका रोमारियो शेफर्ड, गुडाकेश मोती र ओशान थोमसले समान २-२ विकेट लिए। यी दुईबीचको दोस्रो वानडे बुधबार हुने छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.