‘एनिमल’ले ४ दिनमा कमायो ४०० करोड

काठमाडौँ । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ ।भारतमा मात्र फिल्मले पहिलो दिन ६३.८० करोड, दोस्रो दिन ६६.२७ करोड, तेस्रो दिन ७२.५० करोड, चौथो दिन २९.९० करोडको व्यवसाय गर्न सफल भएको छ ।

फिल्मले भारतमा मात्र २४१ करोड कमाएको छ भने संसारभरबाट अहिलेसम्म ४०० करोड कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।३ घण्टा २१ मिनेटको फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ले भरिएको छ । फिल्ममा अनिल कपुर, रणवीर कपुर बाबुछोराको भूमिकामा छन् । रणवीर र अनिलको अलावा फिल्ममा रश्मिका मन्दाना र बबीदेओलको पनि मुख्य भूमिका छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.