सबैभन्दा बढी कर तिर्ने ह्याम्स हस्पिटल सम्मानित

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १० औँ नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ ।अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो ।नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी छिन् ।

‘आर्थिक वर्ष २०७९÷८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले १० औँ नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप हस्पिटललाई सम्मान पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले गरेको यस सम्मानले  थप ऊर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.