स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मंगलबार काठमाडौँमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो । स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ ।

विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा विभिन्न कलाकारहरुले नारायण गोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.