काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत थप पैसा तान्ने भएको छ । केन्द्रीय बैङ्कले ७ दिनका लागि निक्षेप सङ्कलन औजारमार्फत १० अर्ब रुपैयाँ तान्ने भएको हो । केन्द्रीय बैङ्कले २०८० मङ्सिर २० गते अपराह्न २ बजे अनलाइन विडिङमार्फत १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको बोलकबोल २०८० मङ्सिर २० गते हुनेछ भने उक्त निक्षेप सङ्कलनको निष्कासन समेत सोही दिन हुने केन्द्रीय बैङ्कले जनाएको छ । बैङ्कका अनुसार २० गते निष्कासन हुने निक्षेप सङ्कलनको साँवा ब्याज भुक्तानी २०८० मङ्सिर २७ गते हुने छ ।