एमाले सरकारबाट बाहिरिएपछि २ वर्षमा देश कंगाल भयो: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट एमाले बाहिरिएको २ वर्षभित्र देश कंगाल भएको बताएका छन्।बिहीबार मेची-महाकाली अभियानअन्तर्गत गुल्मीको मुसिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘­नयाँ उद्योग नखुलेकाले रोजगारी नहुँदा देशको अवस्था नाजुक छ । विकास निर्माणका काम ठप्प छन्, पहिलो चौमासिकमा कर्मचारीलाई तलब खुवाउन पनि राष्ट्र ऋण उठाउन परेको बताएका छन्।

यस्तै उनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि आफ्नो दलले ११०० स्वयम्‌सेवक खटाएर ८ सय १३ अस्थायी घर निर्माण भएको र सरकारको तर्फबाट वास्ता नभएको बताएका छन्।उनले मिसन ८४ एमालेका लागि नभई देशको भरोसाको लागि, सुरक्षाको लागि, राष्ट्रियताका लागि, सुशासनको लागि र विकासको लागि चाहिएको बताएका छन्। पहिलेभन्दा धेरै साथसहयोग एमालेलाई चाहिएको र एमालेको एकल बहुमत भएन भने सबै बिरोधी मिलेर सरकार बनाएर देशलाई कंगाल बनाउने पनि उनले बताए।

© 2021 Quicknepal.com  |  All Rights Reserved.