एमाले सकियो भनेर लड्डु खाए, तर हामी निर्वाचनबाट ठूलो पार्टी हुन्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् ।

 भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्ने क्रममा ओलीले यस्तो संज्ञा दिएका हुन् । 

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सबै बलेसीका पानीको फोका हुन् । जसले हाम्रा चरित्र हत्या गर्न खोजे, लान्छाना लगाए तर ती निरर्थक भए । एक समय लड्डु खाने जमाना पनि चल्यो । अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उनको भनाइ छ ।

तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।
गठबन्धनलाई स्वेच्छाचारी र प्रतिगामी भन्दै ओलीले भने, ‘गठबन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ । यहि अनुसार तयारी गर्नुहोस् ।’

सोही क्रममा अध्यक्ष ओलीले  नेकपा (एमाले)माथि चौतर्फी हमला भइरहँदा एमाले देशभरि अगाडि रहेको बताए । 

‘भोलि पनि हामी एक नम्बरमा हुन्छौं । एमाले नेता पार्टी हो । यसले देशलाई मार्गदर्शन गर्नु पर्छ । नमूना काम गर्नु पर्छ । हामीले निर्धारण गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्नु पर्छ । यसअनुसार अघि बढ्नुस्,’ सम्बाेधनका क्रममा उनले भने ।

ओलीले जनताको समर्थनमा जनआधारित पार्टी बनाउने काममा लाग्न अधिवेशनबाट चुनिएर आउने नेतृत्वलाई आग्रह गरेका छन् । उनले केन्द्रीय नेतृत्वलाई सफल बनाउन तल्ला कमिटीको महत्वपूर्ण भूमिका हुने भन्दै क्रियाशील भएर देश र जनताको बृहत्तर हितमा केन्द्रित हुन आग्रह गरे ।

पार्टीको इज्जत लुट्ने गए बल्ल पार्टी राम्रो भयो : ओली

एमाले अधिवेशन : ककनी गाउँपालिकाका सबै वडा अधिवेशन सम्पन्न

© 2021 Quicknepal.com  |  All Rights Reserved.