जर्नल अफ आर्कियोलजिकल साइन्स (जेएएस) को २०२१ जनवरीको अंकमा 'उत्तरपश्चिम भारतमा सिन्धु सभ्यताको माटोको भाँडामा लिपिड अवशेष' शीर्षकको एक शोधपत्र प्रकाशित हुनेछ । (यो अन्तर्वार्ता २०२० डिसेम्बर ११ मा प्रकाशित भएको हुँदा यहाँ हुनेछ भन्ने क्रिया प्रयोग भएको हो) जेएएसको वेबसाइटमा उपलव्ध अध्ययनले अहिले उत्तर प्रदेश र हरियाणामा फेला परेका माटाका भाँडामा सुँगुर, गाइवस्तु, भैसीको मासु, दुधजस्ता मासुका परिकार फेला परेका छन् । फ्रान्समा पोस्ट विद्यावारिधिका शोधकर्ता अक्षिता सूर्यनारायणले काराभानका सम्पादक अमृता सिँहसँग इमेलमा गरिएको कुराकानीमा यस्तो निष्कर्षको व्याख्या गरेका हुन् । अक्षिता सूर्यनारायणले यो शोधको नेतृत्व गरेका थिए ।
अमृता सिँह: के तपाईं अध्ययनको निष्कर्ष र यसको प्रकियाका बारेमा बताउन सक्नु हुन्छ ?
अक्षिता सूर्यनारायण : अध्ययन ती अवशेष लिपिडको जांच गर्दछ जो प्राचीन माटोको भाँडाका टुक्राहरुमा अन्तर्निहित छन् । माटोका भाँडामा चमक हुँदैन र ती निकै छिद्रपूर्ण हुन्छन् र खाद्य पदार्थ पकाउने या प्रशोधनको प्रक्रियाबाट वसा, मोम र अन्य जैव रासायनिक घटक भाँडाका पत्रमा अवशोषित हुने गर्छन । फ्याट र तेल कम खराब हुन्छन र माटोका भाडाभित्र हजारौं वर्षसम्म जीवित रहन सक्छन (यद्यपि तिनीहरु परिवर्तन र फुट्ने हुन्छन्)
अध्ययनमा प्रयुक्त प्रविधिलाई लिपिड अवशेष विश्लेषण भनिन्छ । माटोको भाडाको एक सानो टुक्रा सफा गरिन्छ र फेरि त्यसलाई पिसिइन्छ र माटोको भाडाबाट लिपिड निकाल्नका लागि 'सॉल्वैंट्स'को उपयोग गरिन्छ । 'अर्क' को विश्लेषण ग्यास क्रोमेटोग्राफी (एक विश्लेषणात्मक प्रविधि) र ग्यास क्रोमैटोग्राफी-मास स्पेक्ट्रोमेट्री (एक विश्लेषणात्मक विधि) को माध्यमबाट गरिन्छ, जसको माध्यमद्वारा विभिन्न यौगिकहरुलाई अलग गरिन्छ र तिनको पहिचान गरिन्छ । यसपछि 'अर्क'भित्र फ्याटको जुनसुकै समस्थानिक विश्लेषणको उपयोग गरेर विश्लेषण गरिन्छ, जो विभिन्न प्रकारका जानवरहरुको मासु, जस्तो कि मासु खानेवाला तथा मासु नखानेवाला, दुध उत्पादन बीच अन्तर गर्न मदद गर्दछ .
यो उत्तर पश्चिमी भारतमा सिंधु सभ्यताको ग्रामीण र शहरी स्थलहरुबाट माटोको भाडाको लिपिड अवशेषमा पहिलो व्यवस्थित अध्ययन हो । लिपिड अवशेष विश्लेषण दूध उत्पादन, मासु र उत्पादनको संभावित मिश्रण या माटोको भाडामा साग-सब्जीको उपभोगको रासायनिक प्रमाण दिन्छ । दुध उत्पादनका लागि आश्चर्यजनक रूपले निकै कम प्रत्यक्ष प्रमाण छ, जसमा छिद्रित भाडा पनि समावेश छन, जो पहिले दुध उपयोगसित जोडिएका थिए । वनस्पति खाने जनावरको मासु उत्पादनको प्रशोधनका लागि प्रमाण हो । तर यो गाइवस्तु, भैंसि, भेडा या बाख्रा या हिरण हुन सक्दछ । अधिकांश भाडामा सुंगुर जस्तो गैर साकाहारी जानवरहरुको मासुको प्रशोधनको संकेत मिल्दछ । तर परिणाम अहिले पनि अस्पष्ट छ र कयौं व्याख्याहरु संभव छन जसमा यो पनि समावेश छ कि यो उत्पादनको मिश्रण या विरुवा उत्पादन हो । बस्तिहरुमा भाडाको उपयोगमा समानता छ, जसले सामान्य क्षेत्रीय पाक प्रथाहरुको सुझाव दिन सक्दछ । शहरीकरणमा आएको गिरावट पश्चात् पनि र यस क्षेत्रमा बढ्दो अम्लीयताको सुरुवातमा पनि ग्रामीण बस्तिमा निरन्तर भाडाको प्रयोग गरेको प्रमाण छ । जसले सांस्कृतिक र पर्यावरणीय परिवर्तनको बावजूद दैनिक जीवन जारी रहेको संकेत दिन्छ ।
अमृता सिंह : के यो अध्ययनले स्थापित गर्दछ कि प्राचीन भारतमा मानिसहरु गाइ र भैंसीको मासु खान्थे ?
अक्षिता सूर्यनारायण : भाडामा अवशोषित अवशेषले भाडामा वनस्पति खाने जानवरहरुको मासु पकाउने प्रमाण दिन्छ र जानवरहरुको हड्डीबाट यो सुझाव मिलेको छ कि यो जानवर भेडा या बाख्रा, गाइवस्तु, भैंसि र हिरण हुन सक्दछन् । प्रजातिहरुको स्तरको पहिचान गर्न निकै मुश्किल छ यद्यपि केही भाडामा जानवरको मासु अर्थात सी-४ बिरुवा छन् । अर्थात् घाँस छन् । सिंधु पुरातात्विक स्थलमा पाइने जानवरको हड्डिमा अधिकांश गाइवस्तु या भैँसिका छन् । र, हालको अध्ययनद्वारा थाहा पाइएको छ कि, गाइवस्तु या भैंसिले निकै धेरै सी-४ विरुवा खाएका थिए ।
केहि भाँडा यस्ता छन् जसबाट दुध उत्पादनको प्रमाण मिल्दछ, जो संभवतः गाईहरु या भैंसिहरुबाट मिल्दछ । यो अध्ययन यो सुझाव दिन्छ कि प्राचीन दक्षिण एशियामा मानिस मासु या गाइवस्तु या भैसिको मासु खान्थे ।
सिंधु सभ्यताको अध्ययन गर्ने धेरै चिडियाखाना पुरातत्वविद्हरुले सिंधु क्षेत्रमा पाइने विभिन्न प्रकारका जानवरका हड्डिको उपस्थितिको सूचना दिएका थिए, जसमा गाइवस्तु, पानीमा रहने भैंसि, भेडा, बाख्रा, सूगुर, जंगली हिरण र माछा समावेश छन् । यी हड्डिहरुमा धेरैमा कसाईको चिह्न छन, जो यस तर्फ संकेत गर्दछन कि तिनको उपयोग मासुका लागि गरिएको थियो .
अमृता सिंह : के यसबाट यो पत्ता लाग्दछ कि गाइको मासु खान प्रतिबंध हड़प्पा सांस्कृतिक प्रथाको भाग थिएन ?
अक्षिता सूर्यनारायण : सिंधु सभ्यतामा खाद्यन्न निषेधबारे अहिलेसम्म हाम्रो स्पष्ट बुझाइ छैन । हामिलाई सिंधु सभ्यता स्थलमा ठूलो संख्यामा गाइवस्तुको हड्डी पत्ता लागेको छ, जो यो सुझाउँछ कि ती कृषि र पशुपालन अर्थव्यवस्थाका निकै अभिन्न अंग थिए र शायद यसलाई खाने पनि गरिन्थ्यो ।
अमृता सिंह : अध्ययनमा मासु नखाने जानवरको फ्याटको प्रबलता पाइएको छ, तर सिंधुका बस्तिमा सुंगुर जस्ता जानवरको अवशेष बड़ी मात्रामा पाइएन . के तपाइ बताउन सक्नुहुन्छ कि यो के इंगित गर्दछ ?
अक्षिता सूर्यनारायण : अध्ययनमा उपयोग गरिने प्रविधिले वनस्पति खाने अर्थात घास खाने र मांशाहारी (सर्वाहारी) जनावरहरु बीचको अन्तरलाई सक्षम बनाउँदछ । हामीलाई सबैभन्दा ज्यादा आश्चर्य यसबाट भयो कि, हामीले पायौं कि भाँडाको अधिकांश अवशेष मांशाहारी या सर्वाहारी जानवरको मासुको मूल्यको प्रदर्शन गर्दछ । सिंधु स्थलमा पाइने सर्वाहारी जानवरको एक मात्र अवशेष सुंगुर, खरायो र पक्षी हुन् तर घरेलू शाकाहारी जानवरहरु, जस्तो गाइवस्तु, भेडा, बाख्राभन्दा अनुपातमा निकै कम छन् ।
जो कुराले चीजहरुलाइ अधिक जटिल बनाउदछ, कुरा यो हो कि विरुवाको उत्पादन र मिश्रणहरुले आइसोटोपिक मूल्यको उत्पादन गर्दछ । यो मांशाहारी उत्पादनको समान छ । समयका साथ धेरै विरुवा र जानवरहरुको उत्पादनका लागि भाँडाको बार-बार उपयोग गर्न सकिन्छ र यसले ती मूल्यको निर्माण गर्न सक्दछ जसलाई एकल मूलमा राख्न मुश्किल छ । यस प्रकार यो प्रमाण मात्र एक व्याख्याका लागि मात्र होइन । यसकारण परिणामको अनिश्चितालाई स्वीकार गर्नु महत्वपूर्ण छ ।
अमृता सिंह : के तपाईं आफ्नो अध्ययनमा शाकाहारी र दुध उत्पादन वाला पशुहरुको मासुको सीमित साक्ष्यका बारेमा विस्तारमा बताउन सक्नुहुन्छ ? यो के दर्शाउछ ?
अक्षिता सूर्यनारायण : सिंधु क्षेत्रमा पाइने जानवरहरुको हड्डीबाट पत्ता लाग्दछ कि गाइवस्तु या भैंसी सबभन्दा प्रचुर मात्रामा पाइने गरिन्थे, औसतमा ५० देखी ६० प्रतिशत जानवरको हड्डी पाईन्छ जसमा भेडा या बाख्राको १० प्रतिशत छ । यसै कारण हो कि यो आश्चर्यजनक छ कि अध्ययनमा भाँडामा दुध उत्पादनको यस्तो सीमित प्रत्यक्ष प्रमाण पाइएका छन् । र, मांशाहारी नगर्ने जनावरको तुलनामा शाकाहारी जनावरको मासुको उत्पादनका लागि कम प्रत्यक्ष प्रमाण छ ।
यद्यपि सिंधु वस्तीका लागि उपलब्ध संसाधनका विविधतालाई हेर्दा यो संभव छ कि भाँडालाई जीवन भर विरुवा र पशु उत्पादन दुबै खाद्य पदार्थको निर्माण गर्नका लागि उपयोग गरिएको थियो । उत्पादनको मिश्रणले एकल स्रोतलाई विघटित गर्न चुनौतीपूर्ण बनाउँदछ ।
अमृता सिंह : अध्ययनमा उल्लेख गरिएको छ, “... यद्यपि शहरी र ग्रामीण बस्ती विशिष्ट थिए र त्यहा वसोवास गर्ने मनिस विभिन्न प्रकारका भौतिक संस्कृति र माटोका भाँडाको प्रयोग गर्दथे … हुन सक्छ कि उनीहरुले खाना पकाउने प्रथा र खाद्य पदार्थलाई तयार गर्ने तरिका साझा गरेका होउन् ” के तपाई यी प्रथाका बारेमा बताउन सक्नु हुन्छ ?
अक्षिता सूर्यनारायण : सिंधु सभ्यताको शहरहरुमा धेरै अनुसन्धान र शोध भएका छन् । यो निश्चित रूपले महत्वपूर्ण छ तर अहिलेको शोधले सिंधु सभ्यताको ग्रामीण चरित्रको विशिष्टतालाई उजागर गरिरहेको छ । ग्रामीण बस्तिहरुमा खास प्रकारको माटोको भाडा बनाइन्छ र विभिन्न अन्न उव्जाइन्थ्यो । साथै एउटै समयमा शहर र टाढा टाढासम्म पनि उनीहरुको सम्पर्क थियो ।
यस अध्ययनबाट पत्ता लाग्दछ कि फरमाना र राखीगढ़ी शहरको एक क्षेत्र भित्र, गाउँमा पकाइने या भाँडामा प्रयोग गरिने उत्पादन समान थिए र यसमा धेरै प्रकारका विरुवा, मासु र दुध उत्पादन समावेश थिए । यसले क्षेत्रको साझा भोजनको संकेत दिन सक्दछ, यद्यपि खाना पकाउने तरिकाहरु या खानाको विशिष्ट विवरणलाई जान्न भने संभव छैन ।
अमृता सिंह : यो अध्ययनले उत्तर पश्चिम भारतमा सिंधु सभ्यताद्वारा प्रयोग गरेको भोजनलाई मौजूदा विमर्शमा कसरी जोड़दछ ? यो प्राचीन माटोका भाँडामा गरिएका पछिल्ला अध्ययनबाट कसरी भिन्न छ ?
अक्षिता सूर्यनारायण : सिंधु सभ्यतामा धेरै ठाउँमा भाँडाको वास्तविक सामग्रीलाई देख्ने यो पहिलो व्यवस्थित अध्ययन हो । हामीसँग विरुवाको अवशेष या अन्न र उपयोग गरिएका जानवरबारे निकै धेरै शोध छन् । तर, यो प्रविधिले हामीलाई खाद्य पदार्थको र यहाँसम्म कि दुध जस्ता माध्यमिक उत्पादनको एक झलक प्राप्त गर्नमा सक्षम बनाउँदछ । निष्कर्षले सिंधुवासीले उपयोग गर्ने उत्पादनको विविधतालाई पुष्टि गर्दछ ।
प्राचीन माटोको भाँडामा गरिएको अध्ययनको जोड सामान्यतया: माटोको भाँडाको उत्पादनसम्म हुन्छ न कि तिनको उपयोगमा । लिपिड अवशेषहरुमा भएको एक पुरानो अध्ययनले नौशारोबाट एकल छिद्रित भाँडाको जाँच गर्दछ र सुझाव दिन्छ कि यसको उपयोग दुध उत्पादनका लागि गरिएको थियो । तर, यस अध्ययनबाट यो पत्ता लाग्दैन कि छिद्रित भाँडाको उपयोग दुध प्रशोधन गर्नका लागि गरिएको थियो । एक पछिल्लो अध्ययनले गुजरातको सोरठ हड़प्पा स्थलबाट भाँडाको जांच गरे र जुन तरिकाका परिणाम हाम्रो रहेको छ, त्यस्तै तरिकाका परिणाम पेश भए फेरि उसले दुध उत्पादनका अधिक प्रमाणहरुको रिपोर्ट गरेको छ ।
अमृता सिंह : तपाईलाई के लाग्दछ कि भारतीय प्राज्ञिक जगत यस अध्ययनलाई कस्तो तरिकाले लिनेछ ? भारतमा लिपिड विश्लेषणका लागि के यस अध्ययनबाट बाटो खुल्नेछ ?
अक्षिता सूर्यनारायण : मलाइ आशा छ, कि यस अध्ययनबाट दक्षिण एशियाको प्राचीन खाद्य पदार्थका बारेमा अधिक चर्चा हुनेछ । अहिले निकै कुराको खोजी गर्न बाकी छ । दक्षिण एशियामा शोध गर्ने वाला अन्य पुरातत्वविदहरु लिपिड अवशेषको विश्लेषण गर्न दाँत र हड्डीको समस्थानिक विश्लेषणका माध्यमबाट आहारलाई लिएर अन्य अनुसन्धान गरिरहेका छन् । आशा छ, पुरातत्व विज्ञानले प्रविधिको बढ्दो उपयोगलाई नंया अन्तर्दृष्टि दिनेछ । यद्यपि शोधको चुनौति यो छ कि जैविक अवशेषहरु निकै राम्रो तरिकाले जीवित छैन र यसले विस्तृत विश्लेषणलाई सीमित गर्दछ ।
(यो अन्तर्वार्ता २०२० डिसेम्बर ११ मा काराभानमा प्रकाशित छ । यो भाषानुवाद काराभानबाट क्वीक नेपालका लागि उर्मिला शर्माको हो ।)