जब उनले कोठामा बलिरहेको बत्तिको स्वीच अफ गरिन् त्यसपछि उनलाई थाहा भयो कि पृथ्वीमा भएका प्राकृतिक स्रोतको संरक्षण गर्नू नै मानवका लागि भविष्य बचाउनू हो ।
उनका अनुसार स्वीडेन जस्तो धनी राष्ट्रमा वार्षिक रुपमा १५ प्रतिशत कार्वनको मात्रा घटाउन सकियो भने मात्र वार्षिक २ प्रतिशत तापक्रम घटाउन सकिने टार्गेटमा पुग्न सकिन्छ ।
काठमाडौँ । ग्रेटा थनवर्ग स्विडेनकी जलवायु परिवर्तन न्युनीकरण अभियान्ता हुन् । उनले जलवायु परिवर्तनले विश्व समुदायमा पारेको प्रभावका बारेमा विश्लेषण गरेकी छिन् । उनका अनुसार मानवीय क्रियाकलाप नै यसको प्रमुख कारण हो ।
पृथ्वीमा १ दशमलव ५ डिग्री सेल्सियस तापक्रम कायम राख्न विश्वका सबै देशले तापक्रम न्यूनीकरणको उपाय अपनाउनु आवश्यक छ । यसको समयमा नै व्यवस्थापन गरिएन भने सम्पूर्ण जलचर तथा थलचर प्राणीको अस्तित्व संकटमा पर्नुका साथै पृथ्वीको आयु घट्ने उनको धारणा रहेको छ ।
वातावरण स्वच्छ राख्नका लागि विश्वव्यापी रुपमा बढिरहेको कार्बन उत्सर्जनको मात्रा घटाउनु आवश्यक रहेको उनले बताउँदै आएकी छिन् ।
ग्रेटाले सन् २०१८ मा पहिलो पटक अमेरिकामा सञ्चालन भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाषण गरेकी थिइन् । उनको भाषण सार्वजकि भएपछि विश्वभरका विधार्थी समूह, राजनीतिज्ञ, कलाकर्मीसहित लाखौँको संख्यामा उपस्थित भएका मानिसहरुले प्रशंसा गरेका थिए ।
अमेरिकामा सम्पन्न विश्वव्यापी रुपमा सञ्चालन भएको जलवायु परिवर्तन सम्मेलनमा बोल्दै उनले भनेकी थिइन् वर्तमान समयमा दैनिक रुपमा पृथ्वीमा अस्तित्वमा आएका हजारौँ प्राणी लोप हुने खतरामा पुगिरहेका छन् भने कतिपय लोप भइसकेका छन् । तिनीहरुको संरक्षणमा विश्व समुदाय नै लागिपर्नु पर्छ ।
तिनीहरुको संरक्षण नगर्ने र व्यक्तिगत रुपमा स्वार्थको पछाडि मात्र लाग्ने हो भने मानव जातिको अस्तित्व लोप भएर जाने खतरा बढेको उनले बताइन् ।
पृथ्वीमा उत्पतिको शूरुको समयमा अस्तित्वमा आएका प्राणीहरु एकपछि अर्को क्रमैसँगै लोप हुँदै गइरहेका छन् । विश्वमा दैनिक रुपमा २ सय प्रजातिका प्राणीहरुको लोप भइरहेको छ ।
अहिले मानव जातिले यसको संरक्षणमा नलाग्ने हो भने भविष्यमा हरेक प्राणीको वंश नाश भएर जाने सम्भावना प्रबल छ ।
ग्रेटाले आफू अध्ययन गर्ने विद्यालयमा हप्ताको प्रत्येक शुक्रवार विद्यालय हड्ताल गरेर अभियान शुरु गरेकी हुन् । उनले विश्वभरका नेताहरुलाई जलवायु परिवर्तनको न्यूनीकरण गरी विश्वमा कार्बन उत्सर्जनको मात्रा शून्य बनाउन चुनौति दिएकी छिन् ।
उनले विश्वका नेताहरुलाई परिवर्तन गर्न कसरी साहस गर्छौ भनेर प्रश्न गर्ने गर्छिन् । सधैँ संसारमा धनको पछाडी मात्र लाग्नु उचित नभएको भन्दै उनी भन्छिन ‘धन आवश्यकताभन्दा बढी पुस्ताका लागि भण्डारण गर्ने उद्देश्यले संसारमा भएको पारिस्थितिक प्रणाली बिगार्नू उचित होइन ।’ भावी पूस्तालाई बचाउने वातावरण सिर्जना गर्नु सबैको उतरदायित्व रहेको बताउदै उनी अभियानमा लागेकी हुन् ।
ग्रेटाले विश्व आर्थिक मञ्च र यूरोपेली संसदका साथै इटाली, फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिकाको विश्वविद्यालयमा भाषण दिइसकेकी छिन् ।
उनका अनुसार स्वीडेन जस्तो धनी राष्ट्रमा वार्षिक रुपमा १५ प्रतिशत कार्वनको मात्रा घटाउन सकियो भने मात्र वार्षिक २ प्रतिशत तापक्रम घटाउन सकिने टार्गेटमा पुग्न सकिन्छ ।
नेताहरुले न्यूजमा मात्र परिवर्तनको आवाज दिने भएकाले विश्वभरका नेताहरुलाई वातावरण सन्तुलन राख्ने विषयमा तत्काल अभियान चलाउन चुनौति दिँदै आइरहेकी उनले भनेकी छिन् ‘हामीले कार्वन उत्सर्जन शून्य राख्न पहिला नै सोच्यौँ भने केही पविर्तन ल्याउन सक्छौँ ।
पृथ्वीमा ग्रिन हाउस ग्याँस पहिले नै लक गर्न सकियो भने पृथ्वीमा कार्वन उत्सर्जनको मात्रा ०.५ वा १.१ कायम गर्न सकिने उनको भनाइ रहेको छ ।'
जब उनले कोठामा बलिरहेको बत्तिको स्वीच अफ गरिन् त्यसपछि उनलाई थाहा भयो कि पृथ्वीमा भएका प्राकृतिक स्रोतको संरक्षण गर्नू नै मानवका लागि भविष्य बचाउनू हो ।
ग्रेटा भन्छिन- यदि प्रकृतिको संरक्षण गर्न सकिएन भने प्रकृतिले पनि मानवको अस्तित्व मेटाउने छ ।
जब उनी ११ वर्षको उमरमा प्रवेश गरिन त्यसपछि डिप्रेशनबाट पीडित बनिन् । २ वर्षसम्म डिप्रेशनको कारण उनी समूहमा कुराकानी गर्न वा भावना आदान प्रदान गर्न अक्षम हुन पुगिन् । डिप्रेशनमुक्त भएपछि थनवर्ग जलवायु संरक्षणको अभियानलाई गतिशील रुपमा अगाडि बढाइरहेकी छिन् । पछिल्लो ग्लास्गो सम्मेलनमा पनि उनको अर्थपूर्ण सहभागिता रहेको थियो ।